Like us!
Follow us!
Connect us!
Watch us!

चीनसँग जोडिएका नाका पुनः सञ्चालनको माग

अर्थ संसार

मंगलबार, २० चैत्र २०८०, १३ : ४० मा प्रकाशित

चीनसँग जोडिएका नाका पुनः सञ्चालनको माग

चीनसँग जोडिएका नाका पुनः सञ्चालनको माग गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कोभिड–१९ पछि बन्द रहेका चीनसँग जोडिएका नाका पुनः सञ्चालनको माग गरिएको हो  ।

बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको हालैको चीन भ्रमणका क्रममा चीनसँग जोडिएका दार्चुलाको टिङ्करलगायत विभिन्न नाका पुनः सञ्चालन हुने कुरा सुनिँदा खुसी लागेको बताएका छन्।

उनले विगतमा प्रधानमन्त्रीको भ्रमणमा पनि नाका सञ्चालन हुने भनिएकामा हालसम्म के कारणले हुन नसकेको भन्ने विषयमा परराष्ट्रमन्त्रीले जवाफ दिनुपर्ने माग गरे।

शून्य समयमा सांसदहरु धवलशमशेर जबरा, वासुदेव घिमिरे, विन्ध्यवासिनी कङ्साकार, तेजुलाल चौधरी, दामोदर पौडेल वैरागी, दुर्गा राई, प्रदीप यादव, प्रमु हजारा, विनिता कठायत, ध्रुवबहादुर प्रधान, नागिना यादव, निर्मला कोइराला, नारायणप्रसाद आचार्य, निशा डाँगी, पूर्णबहादुर घर्ती मगर, प्रतिमा गौतम, प्रतीक्षा मुखिया, दिक्पालकुमारी शाही, दीपक गिरी, दीपा शर्मा, डा तोसिमा कार्कीलगायतले समसामयिक विषय उठान गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको