Like us!
Follow us!
Connect us!
Watch us!

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेस

अर्थ संसार

आइतबार, २५ चैत्र २०८०, १२ : ०४ मा प्रकाशित

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेस

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारीले आइतबार दाबी पेस गरेका छन् ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको निवास मै पुगेर एमाले, माओवादी केन्द्रलगायतले एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका थिए । अधिकारीलाई समर्थन गर्नेमा प्रदेश सभामुख कृष्ण धिताल र स्वतन्त्र हैसियत माग गरेका सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) समेतको रहेका छन् ।

सभामुखले सरकार गठन र विघटनमा मत दिन नपाउने कानुनी व्यवस्था रहे पनि गठबन्धनले धितालसमेतलाई जोडेर बहुमत पुगेको दाबी गरेको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा रहेका एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जनाको अधिकारीलाई समर्थन रहेको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको