Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोच्चको आदेशसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, ०८ : १९ मा प्रकाशित

सर्वोच्चको आदेशसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै अधिकारी पदमुक्त भएको फैसला सुनाएको छ ।

सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले अधिकारीको बहालीलाई असंवैधानिक ठहर गर्दै त्यसअघिकै मुख्यमन्त्री काङ्ग्रेसका सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न परमादेश जारी गरेको हो । अदालतको आदेशमा "६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि न्यूनतम ३१ सदस्यको आवश्यकता पर्नेमा ३० सदस्यको समर्थनमा प्रस्ताव बहुमतबाट पास भएको भनी प्रदेशसभाका सभामुखबाट भएको घोषणा संविधान विपरीत रहेको हुँदा मुख्यमन्त्री खगराज अधिकारीले पेस गर्नुभएको विश्वासको मत बहुमतले पास हुने भनी प्रदेशसभाका सभामुखबाट वैशाख २३ मा गर्नुभएको घोषणा उत्प्रेषणको आदेशले बदर गरिदिएको छ" भनी उल्लेख गरिएको छ ।

अदालतले प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा सुरेन्द्रराज पाण्डेलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखसमेतका नाउँमा परमादेश जारी गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको