Like us!
Follow us!
Connect us!
Watch us!

सिराहामा मनि ट्रान्सफरको साढे १५ लाख लुटियो

अर्थ संसार

आइतबार, २५ चैत्र २०८०, १२ : ४८ मा प्रकाशित

सिराहामा मनि ट्रान्सफरको साढे १५ लाख लुटियो

सिराहामा दिउँसै हतियार देखाएर मनि ट्रान्सफरको रकम लुटिएको छ ।

जिल्ला सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि ल्याउँदै गरेको १५ लाख ५० हजार रुपैयाँ हतियार देखाएर लुटिएको हो । भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरूले पैसा लिएर आउँदै गरेका पुरुषोत्तम यादवलाई हतियार देखाई धम्क्याएर ५ थान खाली चेक, मोबाइल लगायत पैसा लुटेर लगेको जनाइएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लुटिएको रकम स्थानीय कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनि ट्रान्सफरको रहेको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको