Like us!
Follow us!
Connect us!
Watch us!

कागबेनी मन्दिर श्राद्धस्थल व्यबस्थापन समितिलाई प्रभु बैंकद्वारा क्यूआर स्ट्याण्ड प्रदान

अर्थ संसार

मंगलबार, २७ चैत्र २०८०, १६ : ४८ मा प्रकाशित

कागबेनी मन्दिर श्राद्धस्थल व्यबस्थापन समितिलाई प्रभु बैंकद्वारा क्यूआर स्ट्याण्ड प्रदान

प्रभु बैंक लिमिटेडले नगदरहित भुक्तानी प्रणालीमा जोड दिन कागबेनी मन्दिर श्राद्धस्थल व्यबस्थापन समितिलाई क्यूआर स्ट्याण्ड उपलब्ध गराएको छ । बैंकले भक्तजनहरुको सहजीकरणका तथा सुबिधाका लागिसमेत उक्त क्यूआर स्ट्याण्ड उपलब्ध गराएको हो ।

कागबेनीमा बहुचर्चित धार्मिक स्थल कागबेनीमा बिशेष गरी बडा दसैँ र चैते दसैँ अघिको सोह्र श्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट करिब ११ हजार जनाभन्दा बढी भक्तजनहरुको यो क्षेत्रमा आवागमन हुने गरेकोे छ ।

हिमालपारिको जिल्ला मुस्ताङ्गको विभिन्न गाउँपालिकाहरुमा ७ वटा मात्र शाखा कार्यालयमार्फत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराईरहेको प्रभु बैँक, मुस्ताङ्ग जिल्लाको वित्तिय पहुँचका लागि सारथी बनेको मुस्ताङ्गबासीहरुले बताएको बैंकले जनाएको छ ।

मुस्ताङ्ग जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैँकले वित्तिय सेवामात्र नभएर वित्तिय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैँकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।

प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको