Like us!
Follow us!
Connect us!
Watch us!

आठ करोडको जग्गा किन्दै ज्योति विकास बैंक

अर्थ संसार

बुधबार, २८ चैत्र २०८०, १० : ३६ मा प्रकाशित

आठ करोडको जग्गा किन्दै ज्योति विकास बैंक

ज्योति विकास बैंकले आठ करोड रुपैयाँ बराबरको जग्गा खरिद गर्ने भएको छ ।

बैंकको चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौं महानगर-५ विशालनगरमा करिब साढे ८२ आना जग्गा खरिद गर्ने निर्णय गरेको जनाइएको छ । उक्त जग्गा बैंकको प्रधान कार्यालय निर्माण गर्नका लागि खरिद गरिएको जनाइएको छ ।

प्रति आना ९७ लाख रुपैयाँका दरले बैंकले जग्गा खरिद गर्न लागेको हो । जग्गाको कुल क्षेत्रफल २६२०.६८ वर्ग मिटर रहेको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको