Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको पैसा हरायो-३ : घरजग्गामा अर्बौँ रकम फ्रिज

अर्थ संसार

मंगलबार, २६ बैशाख २०८०, १९ : ०६ मा प्रकाशित

सेयर बजारको पैसा हरायो-३ : घरजग्गामा अर्बौँ रकम फ्रिज

अर्थ संसारले यस साता सेयर बजारमा लगानी भइरहेका वा लगानी हुनुपर्ने पैसा बजारबाट कता हरायो भन्ने विवरणहरू सार्वजनिक गरिरहेको छ । सेयर बजारको पैसा कता हरायो को श्रृङ्खला अन्तर्गत यसअघि हामीले २ वटा विवरण सार्वजनिक गरिसकेका छौँ ।

सेयरबजारको पैसा हरायो-१ : फिक्सडमा म्युचुअल फण्डको ३ अर्ब माथिको डिपोजिट

पहिलो श्रृङ्खलामा हामीले म्युचुअल फण्डहरूको फिक्सड डिपोजिटमा ३ अर्बमाथिको पैसा फसेको विवरण सार्वजनिक गरेका थियौँ । यस्तै, दोश्रो श्रृङ्खलामा हामीले ग्लोबल आइएमई समुन्नत योजना १ का कारण लगानीकर्ताको एक अर्ब फ्रिज भएको विवरण सार्वजनिक गरेका थियौँ ।

सेयरबजारको पैसा हरायो-२ : ग्लोबल आइएमई समुन्नत योजना - १ का कारण लगानीकर्ताको एक अर्ब फ्रिज

 

यतिबेला जग्गामा अर्बौँ रकम फसेको छ । बजारमा तरलता अभाव हुनुको एउटा कारण जग्गामा पैसा फस्नु पनि हो । अहिले जग्गामा गएर पैसा फसेको छ, कित्ताकाट रोकिएको छ, बेचबिखन पनि रोकिएको छ । घरजग्गामा पैसा फस्दा प्रत्यक्ष अप्रत्यक्ष रूपमा त्यो पैसा सेयर बजारमा समेत आउन सकेको छैन । केही समययता लगानी गर्न रोजाईको क्षेत्र बनेको पूँजी बजारमा लगानी गर्न चाहाना हुँदाहुँदै पनि अहिले कतिपय व्यक्तिहरूले आफ्नो पैसा जग्गामा फसेको हुनाले सेयर बजारमा लगानी गर्न सकेका छैनन् ।

चैत्र     महिनाको तथ्याङ्क हेर्ने हो भने चैत्र महिनामा ३७ हजार ९९३ जग्गा वर्गीकरण भई ८६ हजार ९७ वटा कित्ता कायम भएको छ। त्यसअघि फागुनमा देशभर २७ हजार ३१ वटा जग्गा वर्गीकरण गरी ६० हजार ३६१ कित्ता कायम भएको थियो । सो तथ्याङ्क हेर्दा जग्गाको कित्ताकाट बिस्तारै सुधार हुँदै गएको देखिन्छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७९ साउन ३१ गते भूउपयोग नियमावली, २०७९ जारी गर्दै काठमाडौं उपत्यकालगायतका क्षेत्रमा जग्गाको कित्ताकाटमा कडाई गरेको थियो । स्थानीय तहले जग्गाको वर्गिकरण गरेपछि मात्रै कित्ताकाट गर्न पाउने व्यवस्था गरेको थियो । स्थानीय तहले कित्ताकाट गर्न ढिलाई गर्दा जग्गाको कित्ताकाटमा पनि कमी आएको थियो । भूउपयोग नियमावली लागु भएसँगै जग्गाको कित्ताकाट ठप्प जस्तै भएको थियो। यस्तो हुँदा अर्बौँ रकम घरजग्गामा फसेको थियो ।

सरकारले जग्गाको कित्ताकाटमा गरेको कडाईले गर्दा घरजग्गाको कारोबारमा मन्दी छाई कारोबार हुन नसक्दा अर्बौँ रकम फसेको थियो र अझै पनि छ । हालै मात्र मन्त्रीपरिषद्को बैठकले लामो समयदेखि बन्द रहेको जग्गाको कित्ताकाट वर्गिकरण बिना नै खुलाउने निर्णय गरेको छ । घरजग्गाको कारोबार सुस्ताउँदा त्यसमा ठूलो पैसा अड्किएको देखेपछि प्रधानमन्त्री समेतको आह्वानमा उक्त पैसालाई चलायमान बनाउन जग्गाको कित्ताकाट खुलाइएको हो । सरकारको यो निर्णयपछि भने घरजग्गाको कारोबार बढ्ने प्रक्षेपण गर्न सकिन्छ । साथै, अड्किएको पूँजी चलायामान हुँदा त्यो पूँजी सेयर बजारमा पनि लगानी हुन सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको