Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रको रोग पहिचान गरेर उपचार नगर्दा समस्या थपिदैछः चन्द्र ढकाल

अर्थ संसार

बुधबार, २८ चैत्र २०८०, ११ : ३२ मा प्रकाशित

अर्थतन्त्रको रोग पहिचान गरेर उपचार नगर्दा समस्या थपिदैछः चन्द्र ढकाल

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको रोग पहिचान गरेर उपचार नगर्दा समस्या थपिँदै गएको औँल्याएका छन् । 

महासंघको ५८ औं वार्षिकोत्सवका अवसरमा बोल्दै उनले यस्तो भनेका हुन्।

कार्यक्रममा उनले भने, ‘करिब दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान  नगर्दा समस्या झन् बल्झिँदै गएको छ । निजी क्षेत्रले त रोगको पहिचान गरेरै बारम्बार औषधि सिफारिस गरेकै हो । यसमा राज्यको सम्बद्ध पक्षले ध्यान दिन नसक्दा हामी आज यो मोडमा आइपुगेका छौँ ।’  

ढकालले निज क्षेत्रले पखेटा फिँजाएर आम्दानी गर्न खोजेको तर आवश्यक सेवा सुरक्षा पाउन नसकेको बताए । उनले भने, ‘अहिले  परिवारमा  आम्दानी  र खर्चबीच  तालमेल मिलेको  छैन  ।  मुलुकको  खर्च  धान्ने निजी क्षेत्र पखेटा फिँजाएर थप आर्जन गर्न खोजिरहेको छ तर त्यसका लागि आवश्यक सेवा  र  सुरक्षा  पाउन सकेको छैन ।’

यो क्षेत्रले अहिले सरकारबाट थोरै  मात्र भए पनि प्रोत्साहन चाहेको उनको भनाई छ । ‘अहिले विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च छ । अर्थात् करिब साढे १२ महिनाको वस्तु  तथा  सेवा  आयात  गर्न  पर्याप्त  छ  । बैंकहरुमा  पनि  तत्काल  कर्जाका  रुपमा  दिन सकिने  करिब  ६  खर्ब  रुपैयाँ  छ  ।  उद्यमी  व्यवसायीले व्यवसाय विस्तार गर्न नसक्दा कर्जाको माग न्यून छ’, उनले भने । 

उनका अनुसार भुक्तानी सन्तुलन र चालु खाता समेत बचतमा हुँदा सकारात्मक सन्देश जान्छ । तर यस  अवधिमा  एक  खर्ब  रुपैयाँको  निर्यात  हुँदा  ८० अर्ब  रुपैयाँ  त  विद्यार्थीहरू  विदेश जाँदा  बाहिरिएको  छ  ।  नेपाल विश्व व्यापार संगठनको सदस्य बने यता निर्यात तीन गुणासम्म बढेको छ भने आयात १० गुणा बढेको छ ।

वैदेशिक लगानी  कुल  गार्हस्थ्य  उत्पादनको  शून्य  दशमलव २ प्रतिशत हाराहारी मात्रै छ । वैदेशिक अनुदान निरन्तर घट्दो छ । वित्तीय  व्यवस्थापन  खर्च  पुँजीगत  खर्च  भन्दा  झण्डै  दोब्बर  भएको  छ  ।  आन्तरिक स्रोत बढाउन सकिएन भने नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदै जाने क्रममा ऋणको भार थप बढ्ने सम्भावना देखिएको उनले बताए ।

‘निर्यात लगानी, सहायता सबै कम हुँदा पनि बाह्य क्षेत्र सबल हुनुको कारण रेमिटेन्स हो । रेमिटेन्स मात्रै मुलुक धान्न आधार बनेको दशकौँ भइसकेको त हामीलाई विदितै छ’, अध्यक्ष ढकालले भने, ‘रेमिट्यान्सले मात्रै निरन्तर अर्थतन्त्र धान्न सक्ने सम्भावना न्यून हुन्छ ।  विगतमा  बढ्दो  रेमिट्यान्सले  माग  बढाउँदा  सरकारको  राजश्व  पनि  बढेको  थियो  । राजश्व अपेक्षित रुपमा बढ्न सकेको छैन । न्यून पुँजीगत खर्च हुँदा पनि सरकार घाटामा रहनुले आगामी दिन थप जटिल हुने देखिन्छ ।’ 

अर्थतन्त्रमा अझै समस्या छ भन्ने तथ्यलाई स्वीकारेर मात्र यसको निकास खोज्न सजिलो हुने उनले बताए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको