Like us!
Follow us!
Connect us!
Watch us!

आन्तरिक स्रोतको प्रभावकारी परिचालन अपरिहार्यः चन्द्र ढकाल

अर्थ संसार

विहीबार, ०६ मंसिर २०८१, १० : ३८ मा प्रकाशित

आन्तरिक स्रोतको प्रभावकारी परिचालन अपरिहार्यः चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले कुनै पनि मुलुकको दिगो विकासका लागि आन्तरिक स्रोतको प्रभावकारी परिचालन अपरिहार्य भएको बताएका छन्।

अध्यक्ष ढकालले सो कुरा राष्ट्रिय कर दिवस २०८१ को अवसरमा बुधबार महांसघको सचिवालयमा आयोजित “लगानीमैत्री वातावरण प्रवद्धनको लागि अन्तरनिकाय समन्वय” विषयको अन्तरक्रिया कार्यक्रममा बताएका हुन् ।

अध्यक्ष ढकालले मुलुक सञ्चालन र विकासको मेरुदण्ड नै देशले परिचालन गर्ने राजस्वको आयतनमा निर्भर हुने भएकोले कुनै पनि मुलुकको सवल अर्थव्यवस्था र उन्नत समाज निर्माणको लागि आन्तरिक स्रोतको  प्रभावकारी परिचालन अपरिहार्य रहेको बताए । 

ढकालले विगत केहि बर्षदेखि निजी क्षेत्र र सरकारको समेत अत्यन्त चासोकोे रुपमा रहेको लगानी प्रवद्र्धन सम्वन्धि विषयले समग्र कर प्रशासनलाई झकझकाई यस पटकको कर दिवसमा दिशानिर्देश गरेको हुँदा, यो मुद्धाले गति लिन थालेको आभास निजी क्षेत्रलाई भएको जानकारी दिए ।  उनले कर प्रशासनले राजस्व लक्ष्य निर्धारण र संकलन मात्र हैन करदाताको मनोवल बढाई व्यवसायिक गतिविधि बढाउने क्रियाकलाप र वातावरण सृजना गर्ने तर्फ ध्यान दिएमा राजस्व संकलन स्वभाविक रुपमा वृद्धि भई आर्थिक गतिविधि बढ्ने बताए। 

अध्यक्ष ढकालले आन्तरिक स्रोतको परिचालन भन्ने वित्तिकै त्यसको प्रत्यक्ष सम्वन्ध त्यो मुलुकको कर प्रणाली र राजस्व प्रशासनसंग जोडिएको हुनाले  लक्षित राजस्व संकलनको लागि उद्योगधन्दा, व्यवसायजन्य कृयाकलापहरु  सुव्यवस्थित ढंगले सञ्चालन भएको हुनु पर्नेमा जोड दिए । यसको लागि व्यवसायमैत्री वातावरण निर्मााणको साथै विदेशी लगानीको हकमा लगानी र प्रतिफलको फिर्ताको सुनिश्चितता सहित सम्वद्ध सबै सरकारी निकायहरुको एकीकृत र समन्वयकारी प्रयासको आवश्यकता रहेको जानकारी दिए । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको