Like us!
Follow us!
Connect us!
Watch us!

सहकारी ठग्ने व्यक्ति नै गृहमन्त्री भएपछि पीडित झन् पीडामा परे:सांसद खतिवडा

अर्थ संसार

बुधबार, २८ चैत्र २०८०, १२ : ४८ मा प्रकाशित

सहकारी ठग्ने व्यक्ति नै गृहमन्त्री भएपछि पीडित झन् पीडामा परे:सांसद खतिवडा

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्नको लागि संसदीय समिति बनाउनु पर्ने अडानलाई कायमै राखेको छ।

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सहकारी ठगी गर्ने व्यक्ति नै गृहमन्त्री भएपछि सहकारीका पीडित झन् पीडामा परेको बताए । बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद खतिवडाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री समेत रहेका रवि लामिछानेको नाम मुछिएपछि प्रहरीले तत्कालीन समयमा छानबिन गरेको बताए ।

‘तत्कालीन समयमा सीआईबी प्रमुखको नेतृत्वमा प्रदिप क्षेत्री र रवि घिमिरे भन्ने प्रहरी अधिकारीले पोखरामा गएर छानबिन गरेका थिए,’ बैठकमा उनले भने, ‘छानबिन समितिले अहिलेका गृहमन्त्री सहकारीबाट बचतकर्ता ठगी प्रकरणमा प्रतिवेदन बनाइरहेको थियो । सत्ता समीकरण फेरिँदा प्रतिवेदन परिवर्तन भयो । जुन निकायले अनुसन्धान गर्ने हो त्यो संस्थामा अनुसन्धान गरिरहेका व्यक्ति प्रमुख भएर आएपछि छानबिन प्रकृया रोकिएको छ ।’ यसले सहकारी पीडितलाई झनै पीडा भएको खतिवडाको दाबी छ ।

छानबिन गरेपछि सत्यतथ्य आउने उनले बताए । गल्ती नगरेको भए छानबिन समिति गठन गर्न दिनुपर्ने र समितिले दिएको सुझाव कार्यान्वयमा सझाउनुपर्ने उनको भनाइ छ ।

सांसद  खतिवडाले निर्दोष भए छानबिन समिति बनाउनबाट किन भागेर हिँड्नुपर्‍यो ? भन्दै प्रश्नसमेत गरेका छन्।

हामीले छानबिनको माग गर्दा म निर्दोष छु छानबिन हुनु हुँदैन भनिन्छ। हामीले कसैलाई दोषी करार गरेका छैनौँ। निर्दोष छ भने एउटा संसदीय छानबिन समिति गठन गरौँ त्यो समितिले जे भन्छ त्यसलाई हामी मान्न तयार छौँ भन्दा किन सरकार अड्किएर बसेको छ ? हामीले फेरि पनि भन्यौँ हामीले कसैसँग पूर्वाग्रह राखेका छैनौँ। हामी कसैलाई फसाउन चाहँदैनौँ। तर, गल्ती छैन भने भन्न सक्नुपर्‍यो मेरो केही गल्ती छैन छानबिन गरियोस्, गल्ती छ भने सजाय भोग्न तयार छु भनेर किन सरकार आँट गर्दैन ? किन सरकार समिति बनाउनबाट भागेर हिँडिरहेको छ। उनले भने  

आफूहरू संसद् अवरोध गर्ने पक्षमा नरहेको बताउँदै उनले सरकार नै सहमतिको बाटोमा नहिँडेको बताएका छन्। ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको