Like us!
Follow us!
Connect us!
Watch us!

जारी भयो सरकारले ल्याएको सहकारीसम्बन्धी अध्यादेश, अध्यादेशमा के छ ?

अर्थ संसार

आइतबार, १४ पुस २०८१, १३ : ११ मा प्रकाशित

जारी भयो सरकारले ल्याएको सहकारीसम्बन्धी अध्यादेश, अध्यादेशमा के छ ?

सहकारीसम्बन्धी अध्यादेश जारी भएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् । 

राष्ट्रपति पौडेलले आइतबार सरकारको सिफारिसमा ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन्। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मंगलबार बसेको मन्त्रिपषिद्को बैठकले सहकारी बोर्ड खारेज गर्दै सहकारी सम्बन्धी सबै विषयमा नियमन गर्न आयोग गठन हुने व्यवस्थासहितको अध्यादेश ल्याउने निर्णय गरेको थियो।

 सहकारी संस्थाको नियमन र बचतकर्ताको रकम फिर्ता गर्न सरकारले यो अध्यादेश ल्याएको भनिएको छ ।

अध्यादेशमा सहकारी संस्थाहरूको निययनका लागि ‘सहकारी नियमन आयोग’ गठन गर्ने प्रस्ताव छ । पाँच सदस्यीय आयोगमा एक जना अध्यक्षका अतिरिक्त, एकजना विज्ञ, एक चार्टर्ड एकाउन्टेन्ट, सहकारी मन्त्रालयको सहसचिव सदस्य रहने उल्लेख गरिएको छ । त्यस्तै सरकारले राष्ट्रिय सहकारी विकास बोर्ड ऐन खारेज गर्ने भएको छ ।

अध्यादेशमा बचत तथा ऋण कारोबार गर्ने सहकारीको नियमन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गर्ने प्रावधान राखिएको छ । अध्यादेशले बचत फिर्ता गर्ने सम्बन्धमा पनि व्यवस्था गरेको छ । त्यसमा पनि पाँच लाखसम्मको बचत फिर्तालाई पहिलो प्राथमिकतामा राखिनुपर्ने उल्लेख छ । पाँच लाखभन्दा बढी बचतको हकमा भने सम्बन्धित संस्थाले एकै पटक भुक्तानी गर्ने अवस्था नभए मापदण्ड बनाई सदस्यको बचत रकम आनुपातिक रूपमा भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था अध्यादेशले गरेको छ ।

बचत फिर्ताको सूचना प्रकाशित भएपछि समस्याग्रस्त सहकारीका सदस्य, बचतकर्ता, साहु तथा लगानीकर्ता बैंक तथा वित्तीय संस्थाले आफ्नो रकम दाबी पेस गर्नुपर्ने व्यवस्था अध्यादेशले गरेको छ । त्यस्तै एक व्यक्ति एकै प्रकृतिका एकभन्दा बढी सहकारीको सदस्य हुन नपाउने पनि व्यवस्था गरिएको छ । अहिले एकभन्दा बढी संस्थाको सदस्य भए एक वर्षभित्र एक संस्थाको मात्र सदस्य हुनुपर्ने व्यवस्था गरिएको छ । सञ्चालक पनि दुई कार्यकालभन्दा बढी हुन नपाइनेलगायतको व्यवस्था छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको