Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकका सीईओ श्रेष्ठ सेवा निवृत्त,खनाललाई कामु सीईओको जिम्मेवारी

अर्थ संसार

विहीबार, २९ चैत्र २०८०, १३ : २१ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकका सीईओ श्रेष्ठ सेवा निवृत्त,खनाललाई कामु सीईओको जिम्मेवारी

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ सेवाबाट निवृत्त (अवकाश) भएका छन् । बैंकका सीईओ श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गते देखि बैंक सेवाबाट निवृत्त भएका हुन् ।

उनी २०७२ साल चैत २९ गते खुला प्रतिष्पर्धाबाट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा प्रथम पटक नियुक्त भएका थिए । 

उनले २०७६ साल चैत २९ गते दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका हुन् । बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा आजै अर्थात् चैत २९ गतेबाट लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायम मुकायमको जिम्मेवारी तोकिएको छ ।

बैंक व्यवस्थापनको तर्फबाट बुधबार एक समारोहका बीच प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई बैंक सेवाबाट बिदाई गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको