Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिकुल मौसमका कारण कतार एयरवेजको जहाज त्रिभुवन विमानस्थलमा ओभरसुट

अर्थ संसार

विहीबार, २९ चैत्र २०८०, १७ : ४२ मा प्रकाशित

प्रतिकुल मौसमका कारण कतार एयरवेजको जहाज त्रिभुवन विमानस्थलमा ओभरसुट

प्रतिकुल मौसमका कारण कतार एयरवेजको जहाजले ओभरसुट गरेको छ ।

त्रिभुवन विमानस्थलमा हावाहुरीका कारण अवतरण हुन नसक्दा दोहाबाट आएको जहाजले ओभरसुट गरेको हो । उक्त जहाज अहिले पुन: अवतरणको प्रयास गरिरहेको छ । यसैगरी थाइल्यान्डबाट आएको थाई लायन एयरको विमान पनि अवतरण हुन सकेको छैन । उक्त विमान आकाशमै चक्कर लगाइरहेको छ ।

अन्तर्राष्ट्रिय सँगैसँगै आन्तरिक उडानका विमान पनि आकाशमै होल्ड अवस्थामा रहेका छन् । सुर्खेतबाट आएको बुद्ध एयरको विमान र श्री एयरको विमान अहिले अवतरणको प्रयास गरिरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको