Like us!
Follow us!
Connect us!
Watch us!

वर्षको अन्तिम दिन पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एकैदिन २४ सयले बढ्यो

अर्थ संसार

शुक्रबार, ३० चैत्र २०८०, ११ : ०३ मा प्रकाशित

वर्षको अन्तिम दिन पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एकैदिन २४ सयले बढ्यो

२०८० सालको अन्तिम दिन आज शुक्रबार पनि सुनको मूल्यले रेकर्ड कायम गरेको छ । आज प्रतितोला २ हजार ४०० रुपैयाँले बढेर सुनको मूल्यले रेकर्ड कायम गरेको हो ।  सुनको मूल्य यसअघि चैत २८ गते १ लाख ३६ हजार ८०० रुपैयाँ पुगेर रेकर्ड मूल्य कायम गरेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३८६.५१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८.८ डलरमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको