Like us!
Follow us!
Connect us!
Watch us!

भिजन लुम्बिनी उर्जाले म्युचुअल फन्डलाई छुट्ट्याएको सेयरको लकइन समाप्त हुँदै

अर्थ संसार

शुक्रबार, ३० चैत्र २०८०, १२ : ५५ मा प्रकाशित

भिजन लुम्बिनी उर्जाले म्युचुअल फन्डलाई छुट्ट्याएको सेयरको लकइन समाप्त हुँदै

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले प्राथमिक निष्कासनका बेला म्युचुअल फन्डलाई छुट्ट्याएको सेयरको लकइन खुल्ने भएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै म्युचुअल फन्डलाई छुट्ट्याएको ९५ हजार ६२५ कित्ता सेयरको लकइन समय जेठ ४ गते सकिने जनाएको हो । कम्पनीले प्राथमिक निष्कासनको ५ प्रतिशत सेयर म्युचुअल फन्डका लागि छुट्ट्याएको थियो । २०८० सालको मङ्सिर ५ गते यस हाइड्रोको साधारण सेयर बाँडफाँड सम्पन्न भएको थियो ।

मङ्सिर २५ धितोपत्र बोर्डले म्युचुअल फन्डलाई ६ महिने लकइन पिरियडको नियम लागू गरिदिएपछि फन्डहरुसँग होल्डिङमा रहेको सेयर लक इनमा परेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको