Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ वर्षमा गृहको तीन नयाँ शुरूवात, ठमेल २४ घण्टा नै खुल्नेदेखि निषेधित क्षेत्र हटाउनेसम्म

अर्थ संसार

शुक्रबार, ३० चैत्र २०८०, २० : ३० मा प्रकाशित

नयाँ वर्षमा गृहको तीन नयाँ शुरूवात, ठमेल २४ घण्टा नै खुल्नेदेखि निषेधित क्षेत्र हटाउनेसम्म

नयाँ वर्षसँगै गृहमन्त्री रवि लामिछानेले तीन नयाँ सुरुवात गरेको जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमा नयाँ वर्ष २०८१ को शुभकामना दिँदै उनले पहिलो बुँदामा काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाइएको जनाएका छन् । यसैगरी दोस्रो नयाँ शुरुवातमा ठमेल र दरवारमार्ग क्षेत्र व्यापारिक प्रयोजनका लागि स्पष्ट मापदण्ड, आचारसंहिता र पूर्ण सुरक्षा प्रत्याभूतिसहित नयाँ वर्ष २०८१ सँगै २४ सै घण्टा खुल्ने जानकारी दिएका छन् ।
 
तेस्रो नयाँ काममा विभिन्न आन्दोलनका क्रममा भएको वा हुने क्षतिको भर्पाईका लागि आयोजक (व्यक्ति, संस्था वा दल)लाई बिल पठाउने र सरकारी बाँकी सरह उठाउने गृह मन्त्रालयले निर्णय गरेको लामिछानेले जनाएका छन् । उनले लेखेका छन्, "शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान छ। यो लोकतन्त्रको सौन्दर्य हो । तर, आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्न पाइँदैन ।" आफूले कार्यकाल सुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको र बिल चाँडै पठाइने पनि उनले जानकारी दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको