राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार काठमाडौंको बिजुलीबजारमा निषेधित क्षेत्र उल्लंघन गर्ने चेतावनी दिएपछि गृह मन्त्रालयले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शनिबार साँझ मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीद्वारा जारी विज्ञप्तिमा राप्रपाका सार्वजनिक अभिव्यक्ति संविधान र कानुन विपरीत भएको उल्लेख गर्दै यस्ता गतिविधि दोहोरिएमा कारबाही हुने स्पष्ट संकेत गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘निषेधित क्षेत्र तोड्ने, समाजमा अराजकता फैलाउने, हिंसा भड्काउने जस्ता कुनै पनि गैरकानुनी कार्यप्रति मन्त्रालय कडाइका साथ प्रस्तुत हुनेछ।’
गृह मन्त्रालयले सबै राजनीतिक दल, नागरिक तथा संगठनलाई संयमित रहन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासमा सीमित रहन आग्रह गर्दै संविधानको उल्लंघन गर्ने कार्य स्वीकार्य नहुने चेतावनीसमेत दिएको छ।
सरकारले काठमाडौंको संवेदनशील क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिसकेको अवस्थामा त्यस्तो क्षेत्र उल्लंघन गर्न खोज्नुलाई राज्यविरुद्धको कार्यका रूपमा लिइने स्पष्ट संकेत गरिएको छ। मन्त्रालयले त्यस्ता क्रियाकलापमा संलग्न जो–कोहीलाई कानुनअनुसार कडा कारबाही गरिने जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस