Like us!
Follow us!
Connect us!
Watch us!

एसिसि प्रिमियर कप : सेमिफाइनलमा नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्ने

अर्थ संसार

शुक्रबार, ०७ बैशाख २०८१, ११ : २९ मा प्रकाशित

एसिसि प्रिमियर कप : सेमिफाइनलमा नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्ने

एसिसि प्रिमियर कपमा आज हुन लागेको सेमिफाइनल खेलमा नेपालले युएईविरुद्ध टस हारेको छ ।

ओमान टर्फ मैदानमा हुन लागेको खेलमा नेपालले टस हार्दै नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । सन् २०२२ फेब्रुअरी २२ मा टिट्वान्टी विश्वकप क्वालिफायर ए को सेमिफाइनलमा भोगेको हारको बदला लिने नेपाललाई आज अवसर रहेको छ । युएई भने यसपटक पनि महत्वपूर्ण क्षणमा बाजि मार्ने दाउमा हुनेछ ।

पहिलो सेमिफाइनलमा नेपाल र युएई भिड्दा आजै साँझ दोस्रो सेमिफाइनलमा आयोजक ओमान र हङकङ प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको