Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंक र टानबीच सम्झौता,५० लाख सम्म आवधिक र ओभरड्राफ्ट कर्जा प्रदान गरिने

अर्थ संसार

शुक्रबार, ०७ बैशाख २०८१, १६ : ०५ मा प्रकाशित

गरिमा विकास बैंक र टानबीच सम्झौता,५० लाख सम्म आवधिक र ओभरड्राफ्ट कर्जा प्रदान गरिने

गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)बीच विभिन्न प्रकारका कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता भएको छ । 
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रबन्धक भोला प्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले हस्ताक्षर गरेका  छन् ।

उक्त सम्झौता अनुसार टानका सदस्यहरूलाई गरिमा विकास बैंक लिमिटेडले अधिकतम ५० लाख सम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा नियम अनुसार सहुलियत व्याजदरका साथ उपलब्ध गराउनेछ र साथै  ५ लाख सम्म को बैंक ग्यारेन्टी मात्र १० प्रतिशत को नगद मार्जिनमा उपलब्ध गराउनेछ । 

यि सेवाहरुले गर्दा टान सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने बैंकले विश्वास लिएको छ, इच्छुक सदस्यहरूले आफुलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिनसक्नु हुनेछ । 

साथै, यस सम्झौता पश्चात टानले गरिमा विकास बैंकलाई बैंकिङ्ग पार्टनरको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । यसअघि बैंकले टानको केन्द्रिय संगठन सँग काठमाण्डौंमा यसै किसिमको सम्झौता गरिसकेको छ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको