Like us!
Follow us!
Connect us!
Watch us!

कास्कीका सहकारी पीडितले गरे दबाबमूलक प्रदर्शन

अर्थ संसार

सोमबार, १० बैशाख २०८१, १४ : ३५ मा प्रकाशित

कास्कीका सहकारी पीडितले गरे दबाबमूलक प्रदर्शन

कास्कीको पोखरामा रहेका समस्याग्रस्त सहकारीका पीडितहरुले दबाबमूलक प्रदर्शन गरेका छन् ।

संयुक्त सङ्घर्ष समिति नै गठन गरि समस्याग्रस्त सहकारी घोषणा गरिएका सुर्यदर्शन, इमेज, मित्रमिलन, बलिदानी, बिन्दवासिनी र शिवशिखर सहकारीका बचतकर्ताले दबाबमूलक र्‍याली आयोजना गरेका हुन् । समितिमा कारोबार बन्द भएका, बचतकर्ताको बचत रकम फिर्ता नगरी फरार भएका अथवा फिर्ता हुन समस्या देखिएका ६ सहकारीका बचतकर्ताहरु रहेका छन् ।

समितिको आयोजनामा आज बिहान १० बजे र्‍याली पोखरा महानगरपालिकाको कार्यालय न्युरोड हुँदै जिल्ला प्रशासन कार्यालय शहिदचोक पुगेको थियो । र्‍यालीले जिप्रका, पोखरा महानगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र पनि बुझाएको छ ।

लामो समयदेखी बचत रकम फिर्ता गर्ने वातावरण सिर्जना गरिदिनका लागि राज्यका सबै सरोकारवाला निकायहरुमा निवेदन र अनुरोध गर्दै आएकोमा पीडितहरुको समस्यालाई शिघ्र समाधानको निम्ति सबै सहकारी पीडितहरुले सामुहिक रुपमा राज्यका सरोकारवाला निकायहरुलाई थप दबाब सिर्जना गर्नुपर्ने देखिएकाले संघर्ष समिति गठन गरिएको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको