Like us!
Follow us!
Connect us!
Watch us!

कास्कीमा आठ राजनीतिक दलले सहकारी पीडितका समस्याबारे गराए ध्यानाकर्षण, माग पूरा नभए आन्दोलनको चेतावनी

अर्थ संसार

शुक्रबार, ०४ जेठ २०८१, ०९ : ५२ मा प्रकाशित

कास्कीमा आठ राजनीतिक दलले सहकारी पीडितका समस्याबारे गराए ध्यानाकर्षण, माग पूरा नभए आन्दोलनको चेतावनी

कास्कीमा आठ राजनीतिक दलका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालयमा सहकारी पीडितका समस्याबारे ध्यानाकर्षण गराउँदै माग पूरा नभए आन्दोलनको चेतावनी दिएका छन् ।

बुधबार जिप्रका पुगेर सहकारीको रकम अपचलन गर्नेमाथि छानबिन गरि कानुनी कारवाही गर्न दलहरुले माग गरेका हुन् । यसैगरी समस्याग्रस्त सहकारीका पीडितको बचतको सुरक्षा गर्न तथा फिर्ता गर्न पनि माग गरिएको छ । ध्यानाकर्षण पत्रमा आन्दोलनरत सहकारी पीडितको जिउधनको सुरक्षा गर्न तथा पीडितलाई उल्टै धम्क्याउने कारवाही गर्नुपर्ने र सहकारी सञ्चालन तथा कसुर सजाय ऐन जारी गर्नुपर्ने पनि उल्लेख गरिएको छ ।

पत्रमा सहकारी पीडितको माग अविलम्ब पूरा नभए चरणबद्ध दबाबमूलक आन्दोलन थाल्ने पनि चेतावनी दिइएको छ । ध्यानाकर्षण पत्र बुझाउनेमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा मसाल, नेपाल समाजवादी पार्टी, नेकपा, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी मोर्चा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको