Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुरस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीको कार्यालयमा शंकास्पद आगलागी

अर्थ संसार

विहीबार, ०३ जेठ २०८१, १५ : २७ मा प्रकाशित

ललितपुरस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीको कार्यालयमा शंकास्पद आगलागी

ललितपुरको कुपन्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीको कार्यालयमा आगलागी भएको छ ।

दशौं साना सहकारीलाई गाभ्दै बनेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीको कार्यालय बन्द अवस्थामा रहँदा आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको विवरण भने प्राप्त भइसकेको छैन । विद्युत लाइन समेत काटिएको कार्यालयमा कसरी आगलागी भयो भन्ने बारे छानबिन थालिएको जनाइएको छ ।

हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी, तपाई हाम्रो  बहुउद्देश्यीय सहकारी लगायतका सहकारीको बिग मर्जर घोषणा गरी आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था सञ्चालन हुन लागेको थियो ।

तर मर्ज पछि बनेको उक्त सहकारीको एकीकृत कारोबार त हुन सकेन नै लगानीकर्ताको बचतसमेत फिर्ता भएको छैन । मर्ज अघि रहेका विभिन्न सहकारीका बचतकर्ताले सहकारी विभागले उजुरी दिइरहेको जनाइएको छ भने विभागमा मर्ज भएका संस्थाको डिमर्जका लागि समेत आवेदन परेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको