Like us!
Follow us!
Connect us!
Watch us!

पोखराको प्राइम सहकारीका पीडित बचतकर्तालाई जाहेरी दिन प्रहरीको अनुरोध

अर्थ संसार

मंगलबार, ०१ जेठ २०८१, १७ : १४ मा प्रकाशित

पोखराको प्राइम सहकारीका पीडित बचतकर्तालाई जाहेरी दिन प्रहरीको अनुरोध

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको प्राइम बहुउद्देशीय सहकारी संस्था लिमिटेडका पीडित बचतकर्तालाई उजुरी दिन अनुरोध गरेको छ ।

प्रहरीले आज एक सूचना जारी गर्दै कास्कीको पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा संचालन रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका संचालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरी सहकारीको रकम हिनामिना एवं ठगी गरेको देखिएको हुँदा जाहेरी दरखास्त लिई जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्न सम्पूर्ण बचतकर्तालाई अनुरोध गरेको छ । उक्त प्राइम सहकारीलाई सहकारी ऐन, २०७५ बमोजिम अनुसन्धान गर्न भनी गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय पोखराको पत्र साथ कागजातहरु पेश प्रहरीमा आज पेश भएको जनाइएको छ । 

अनुसन्धानको क्रममा रहेकोले उक्त सहकारी संस्थामा बचतकर्ता रही सहकारीबाट बचत तथा शेयर रकम फिर्ता नपाएका पीडित व्यक्तिहरुले सहकारीमा रकम जम्मा गरेको आधार देखिने शेयरधनी प्रमाणपत्र, पासबुक, भौंचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागज सहित कानून बमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त दिन प्रहरीले अनुरोध गरेको हो ।

मुद्दाको हदम्यादलाई मध्यनजर गरी पीडित बचतकर्ताहरुले जेठ २० गते भित्रमा अनिवार्य रूपमा जाहेरी दरखास्त पेश गर्नु पनि प्रहरीले अनुरोध गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको