Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सको विशेष साधारण सभा सम्पन्न, एनसीएचएलमा गाभिने प्रस्ताव पारित

अर्थ संसार

शुक्रबार, १४ बैशाख २०८१, ११ : ०५ मा प्रकाशित

नेप्सको विशेष साधारण सभा सम्पन्न, एनसीएचएलमा गाभिने प्रस्ताव पारित

नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) ले साधारण सभा सम्पन्न गरेको छ । वैशाख १३ गते सम्पन्न उक्त विशेष साधारण सभामा नेप्सका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु, सेयरधनी प्रतिनिधिहरु र व्यवस्थापनतर्फका कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।

नेप्सलाई नेपाल क्लियरिङ्ग हाउस लिमिटेड  (एनसीएचएल) ले प्राप्ति गर्ने प्रमुख प्रश्ताव पारित गर्दै उक्त विशेष साधारण सभा सम्पन्न गरिएको हो ।

नेप्सको १०० सेयरबराबर एनसीएचएलको २८ सेयर हुने गरी १ः०.२८ स्वाप अनुपातमा एनसीएचएलले नेप्सलाई प्राप्त गर्न विशेष साधारण सभामा पारित गरिएको छ । नेपाल राष्ट्र बैंकको विद्ययमान भुक्तानी तथा फछ्र्यौट विनियमबमोजिम अपनाउनु पर्ने सम्पूर्ण प्रक्रियाहरु पूरा गरी नेपाल राष्ट्र बैंक समक्ष नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट संयुक्त रुपमा अन्तिम स्वीकृती प्राप्त गरी कम्पनी रजिष्ट्रार कार्यालय र प्रचलित कानूनबमोजिम अपनाउनु पर्ने सम्पूर्ण प्रक्रियाहरु पुरा गरी एकिकृत कार्य प्रारम्भ गर्नेछन् । 

बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित दुवै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आ–आफ्नो क्षेत्रमा कार्य गर्दै आएका छन । नेप्सले कार्डमा आधारित भुक्तानी प्रणालीको सञ्जाल स्थापना गरि सदस्य बैंकहरुलाई विभिन्न अन्तराष्टिय कार्ड स्किम मा आधारित कार्डहरु जारी गर्ने तथा सो सम्बन्धी विविध कारोबार सञ्चालन तथा फर्छौट गर्ने सेवा प्रदान गर्दै आएको छ । त्यस्तै एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म मार्फत आफ्नो सदस्यहरुलाई सेवा दिदै आएको छ ।

प्राप्ति कार्य गरे पश्चात् परिवर्तन हुने सेयर तथा चुक्तापूँजी वृिद्घ गर्न, सेयर समूह स्वामित्व परिवर्तन गर्न एनसीएचएलको प्रबन्धपत्र तथा नियमावालीका आवश्यक दफारनियमहरु संशोधन गर्ने लगायतका विषयहरुमा पनि विशेष साधारण सभाले स्वीकृतितथा अख्तियारी प्रदान गरेको छ ।  

प्राप्तिका लागि पुस ६ गते प्रारम्भिक सम्झौता र विस्तृत मूल्याङ्ककन पश्चात चैत २२ गते प्राप्ति सम्बन्धी सम्झौता भएको थियो ।  

हाल नेप्स र एनसीएचएलको चुक्ता पूँजी क्रमश १ अर्ब ६६ लाख र २१ करोड १२ लाख रहेकोमा प्राप्तिपश्चात एकिकृत संस्थाको चुक्ता पूँजी १ अर्ब ६ करोड ५८ लाख हुनेछ । नेप्सको गत आर्थिक वर्ष २०७९र८० को ६ करोड ४६ लाख रहेको थियो भने एनसीएचएलको  खुद मुनाफा ३७ करोड ६८ लाख रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको