Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन २७ सयले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ आजको कारोबार ?

अर्थ संसार

बुधबार, १९ बैशाख २०८१, ११ : १३ मा प्रकाशित

एकैदिन २७ सयले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ आजको कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य १ लाख ३४ हजार ५ सय  रुपैयाँमा कायम भएको छ । मंगलबार छापावाला सुन १ लाख ३७ हजार २ सय  रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजाबी सुनको मूल्य १ लाख ३३ हजार ८५० कायम भएको छ  । मंगलबार तेजाबी सुन १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेको छ । मंगलबार प्रतितोला १ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको