Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ४० हजार

अर्थ संसार

विहीबार, ०३ जेठ २०८१, ११ : १० मा प्रकाशित

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ४० हजार

नेपाली बजारमा बिहीबार सुनको मूल्यले नँया रेकर्ड कायम गरेको छ । बुधबार प्रतितोला १ लाख ३८ हजार ४ सयमा  रुपैयाँमा कारोबार भएको सुनको मूल्यले बिहीबार १६ सय रुपैयाँ बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन १ लाख ४० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि १ लाख ३९ हजार रुपैयाँ पुगेर सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । उक्त रेकर्ड मूल्य आज तोडिएको हो । 

बिहीबार तेजाबी सुन १ लाख ३९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको महासंघले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको