Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोको हकप्रद सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

सोमबार, ०७ जेठ २०८१, १५ : ३८ मा प्रकाशित

अरुण भ्याली हाइड्रोको हकप्रद सेयर नेप्सेमा सूचीकृत

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले १:१ अनुपातमा जारी गरेको हकप्रद सेयर आज नेप्सेमा सूचीकृत भएको हो । अरुण भ्याली हाइड्रोले एक अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । शत प्रतिशत हकप्रद निष्काशन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार दुई सय रुपैयाँ पुगेको छ ।

हकप्रद मार्फत कम्पनीले काबेली बी १ क्यासकेट जलविद्युत आयोजनाको लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको दीर्घकालिन ऋणको आंशिक भुक्तानी गर्न र पिके हाइड्रोपावर लिमिटेडले निर्माण गर्ने लिखु खोला जलविद्युत आयोजनामा स्वपूँजी लगानी गर्ने तयारी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको