Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

अर्थ संसार

शुक्रबार, ०४ जेठ २०८१, ११ : ३९ मा प्रकाशित

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

सुनको मूल्य रेकर्ड मूल्यबाट घटेको छ । बिहीबार एकैदिन १६ सय रुपैयाँ बढेर रेकर्ड मूल्य कायम गरेको सुनको मूल्य शुक्रबार ७ सय  रुपैयाँ घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।बिहीबार छापावाला सुन १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको थियो ।  

 शुक्रबार तेजाबी सुन १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन १ लाख ३९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको