Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोला सुन किन्न १ लाख ४० हजार ९ सय खर्चिनुपर्ने

अर्थ संसार

आइतबार, ०६ जेठ २०८१, १० : ५६ मा प्रकाशित

सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोला सुन किन्न १ लाख ४० हजार ९ सय खर्चिनुपर्ने

सुनको मूल्यले नेपाली बजारमा फेरि नयाँ रेकर्ड कायम गरेको छ । गत बिहीबार १ लाख ४० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यले उक्त रेकर्ड आज तोडेको हो । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।  

आइतबार तेजाबी सुन १ लाख ४० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको