Like us!
Follow us!
Connect us!
Watch us!

लगातार दोस्रो दिन पनि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

मंगलबार, ०१ जेठ २०८१, १० : ४३ मा प्रकाशित

लगातार दोस्रो दिन पनि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य लगातार घट्दो क्रममा छ । सोमबार प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजाबी सुन १ लाख ३७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको