Like us!
Follow us!
Connect us!
Watch us!

गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना र हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याइने

अर्थ संसार

मंगलबार, ०१ जेठ २०८१, १७ : ३९ मा प्रकाशित

गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना र हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याइने

गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना र हेटौंडा कपडा उद्योग सञ्चालनमा सार्वजनिक-निजी साझेदारी वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालनमा ल्याइने भएको छ ।

संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रस्तुत गर्दै गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा व्यावसायिक वातावरण निर्माण गरी उद्योगी व्यवसायीको मनोबल बढाइने बताउँदै छरिएर रहेका साना पूँजी एकत्रित गरी ठुला परियोजना कार्यान्वयन गर्न एवम् बन्द भएका उद्योग कलकारखाना सञ्चालन र व्यवस्थापन गर्न निजी लगानी कम्पनीलाई प्रोत्साहन गरिने जनाएका हुन् । 

निजी क्षेत्र प्रतिस्पर्धी भएका र गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, हेटौंडा कपडा उद्योग लगायतका बन्द तथा रुग्ण अवस्थामा रहेका सार्वजनिक संस्थान सम्भाव्यताको आधारमा सार्वजनिक-निजी साझेदारी वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालन गरिने पनि राष्ट्रपति पौडेलले उल्लेख गरे ।

यसैगरी आन्तरिक तथा बाह्य लगानीको वातावरण सुधार र क्षेत्र विस्तार गर्न थप कानूनी तथा संरचनागत व्यवस्था गरिने जनाइएको छ । निजी पूँजी आकर्षित गर्न थप कानूनी प्रबन्धसहित विकास वित्तका नवीनतम उपकरण परिचालन गरिने तथा विश्वव्यापी रूपमा प्रचलनमा रहेका ऋण तथा अन्य मिश्रित स्वरूपका विदेशी लगानी भित्र्याउन सहजीकरण गरिने सरकारको योजना छ । 

आगामी आर्थिक वर्ष नेपालको कन्ट्री रेटिङ सम्पन्न गरिने तथा स्वचालित डिजिटल प्रणाली कार्यान्वयनमा ल्याई स्वदेशी तथा विदेशी लगानी स्वीकृति प्रक्रियालाई सरल, सहज र अनुमानयोग्य बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको