नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबारे सुझाव दिन विज्ञहरू सम्मिलित सल्लाहकार समिति गठन गरेको छ । बैंकले राष्ट्र बैंकका तीन जना र बाहिरका दुई जना विज्ञ सल्लाहकारसहित पाँच सदस्यीय समिति गठन गरिएको हो ।
राष्ट्र बैंकबाट संयोजक डा.निलम ढुंगाना, अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ र अनुसन्धान विभागकै निर्देशक सत्येन्द्र सुवेदी रहेका छन् । यसैगरी वाह्य विज्ञहरुमा डा. मणिकलाल श्रेष्ठ र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशात्र विभागका प्रमुख सो समितिमा सदस्यको रुपमा रहने व्यवस्था गरिएको छ । समिति गठन हुँदा सो विभागको प्रमुखका डा.शिवराज अधिकारी थिए । र समितिमा पनि उनी नै थिए। तर उनी हाल राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएपछि विभागको प्रमुख रिक्त रहेको छ । अब सो विभागको प्रमुख बन्ने व्यक्ति नै मौद्रिक नीति सल्लाहकार समितिमा रहने छन्।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा भएको व्यवस्था अनुसार यो समिति गठन गरिएको हो । सो समीक्षामा ु मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञहरु सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गर्नेु उल्लेख थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस