Like us!
Follow us!
Connect us!
Watch us!

मुद्दती निक्षेपमा २४ करोड रुपैयाँ लगानी गर्दै  राष्ट्र बैंक

अर्थ संसार

शुक्रबार, २१ बैशाख २०८१, १२ : ३५ मा प्रकाशित

मुद्दती निक्षेपमा २४ करोड रुपैयाँ लगानी गर्दै  राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। बैेंकले मुद्दती निक्षेपमा २४ करोड रुपैयाँ लगानी गर्ने भएको हो । केन्द्रीय बैंकले २०८१ जेठ ४ गतेदेखि २०८२ चैत ४ गतेसम्म मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो।

बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने जानकारी दिएको छ।

मुद्दती निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले जेठ २४ गते राती ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्ने बैंकले एक सूचना मार्फत जानकारी दिएको छ ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १९ करोड २० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ३ करोड ६० लाख रुपैयाँ , ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १ करोड २० लाख रुपैयाँ लगानी गर्न लागेको हो । आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको