Like us!
Follow us!
Connect us!
Watch us!

जापानी विदेशमन्त्री आज नेपाल आउँदै

अर्थ संसार

आइतबार, २३ बैशाख २०८१, ०७ : ५३ मा प्रकाशित

जापानी विदेशमन्त्री आज नेपाल आउँदै

जापानी विदेशमन्त्री कामीकावा योको आज नेपाल भ्रमणका लागि आइपुग्ने भएकी छन् ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको औपचारिक भ्रमणका लागि आउन लागेकी हुन् । योकोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्रीका रुपमा उनको यो पहिलो नेपाल भ्रमण हो ।

नेपाल र जापानबीच विगत देखिनै घनिष्ट सम्बन्ध रहँदै आएको छ । पछिल्लो समय नेपाली विद्यार्थीको सबैभन्दा रुचाइएको गन्तव्यका रुपमा जापान बन्दै गरेको छ भने निकै लामो समय अघिदेखि नै नेपालीहरु जापानमा रोजगारीका लागि जाने गरेका थिए ।

परराष्ट्रमन्त्री योको मदागास्कर, आइभोरीकोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका हुँदै नेपाल आउन लागेकी हुन् । उनी भोलि स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको