Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी लघुवित्तको नाफासँगै प्रति सेयर आम्दानीमा उछाल ,अन्य सूचक कस्ता ?

अर्थ संसार

आइतबार, २३ बैशाख २०८१, ११ : २७ मा प्रकाशित

इन्फिनिटी लघुवित्तको नाफासँगै प्रति सेयर आम्दानीमा उछाल ,अन्य सूचक कस्ता ?

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा वृद्धि भएको छ  ।

खुद नाफा

गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा २८०.५७ प्रतिशतले वृद्धि भएको हो ।
गत आवको चैत्र मसान्तसम्म कम्पनीले १ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा बढेर ५ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

संचालन मुनाफा

समीक्षा अवधिमा कम्पनीको संचालन मुनाफामा पनि २८५.८६ प्रतिशतको उछाल देखिएको छ । गत आवको समीक्षा अवधिसम्म १ करोड ९४ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको यस कम्पनीको चालु आवको सोही अवधिमा बढेर ७ करोड ५१ लाख रुपैयाँ पुगेको छ । 

खुद ब्याज 

कम्पनीले समीक्षा अवधिमा १९ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको तुलनामा ३.२५ प्रतिशतले बढी हो । कम्पनीले गत आवको सोही अवधिमा १९ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

संचालन खर्च

समीक्षा अवधिमा कम्पनीको संचालन खर्च ३.२४ प्रतिशतले बढेर १९ करोड ७७ लाख रुपैयाँ पुगेको छ । यता, कम्पनीको खुद संचालन आम्दानी पनि २९.३२ प्रतिशतले बढेर २७ करोड २८ लाख रुपैयाँ पुगेको छ ।

इम्पेरमेन्ट चार्ज

समीक्षा अवधिमा कम्पनीको इम्पेरमेन्ट चार्ज १ करोड ५५ लाख रुपैयाँ ऋणात्मक भएको छ । यससँगै कम्पनीको खराब कर्जा पनि १४.०४ प्रतिशतबाट घटेर ४.९७ प्रतिशतमा झरेको छ ।

प्रतिसेयरआम्दानी 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३.७० रुपैयाँबाट बढेर १४.१० रुपैयाँ पुगेको छ ।  

प्रतिसेयर नेटवर्थ 
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १४४.४५ रुपैयाँ पुगेको छ  ।

पूँजीकोष अनुपात

समीक्षा अवधिमा कम्पनीको पूँजीकोष अनुपात ११.९४ प्रतिशत पुगेको छ ।

चुक्ता पूँजी

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ४९ करोड ७४ लाख रुपैयाँ रहेको छ भने रिटेन्ट अर्निङमा ४ करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने रिजर्भको आकार १६ करोड ७९ लाख रुपैयाँबाट बढेर २६ करोड ५७ लाख रुपैयाँ पुगको छ ।

वितरणयोग्य मुनाफा
समीक्षा अवधिसम्म कम्पनीको वितरणयोग्य मुनाफा ४ करोड ४५ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने ५ अर्ब १५ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह र १ अर्ब २७ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको