Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि,कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

मंगलबार, २५ बैशाख २०८१, १० : २१ मा प्रकाशित

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि,कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा मंगलबार पनी सुनको मूल्य  बढेको छ  । सोमबार २ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार ८ सय रुपैयाँले बढेको हो । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन १ लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजाबी सुन १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला चाँदीको मूल्य हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको