Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रममा जोडिए २० हजार बढी सहभागी

अर्थ संसार

बुधबार, २६ बैशाख २०८१, १७ : ४८ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रममा जोडिए २० हजार बढी सहभागी

ग्लोबल आइएमई बैंक लिमिटेडले देशभरिका १६९ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रममार्फत बैंकले वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी २० हजारभन्दा बढी सहभागीलाई वित्तीय साक्षरता प्रदान गरेको हो । सातवटै प्रदेशमा आयोजना गरेका कार्यक्रमहरुमा कृषक, मजदुर, उद्यमी, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिलालगायतले सहभागिता जनाएको बैंकको भनाउउ छ ।  

बैंकका अनुसार कोशी प्रदेशमा आयोजना गरेको कार्यक्रममा दुई हजार पाँच सय, मधेश प्रदेशमा दुई हजार, बागमती प्रदेशमा पाँच हजार, गण्डकी प्रदेशमा चार हजार पाँच सय, लुम्बिनी प्रदेशमा तीन हजार पाँच सय, कर्णाली प्रदेशमा पाँच सय र सूदुरपश्चिम प्रदेशमा दुई हजार पाँच सय भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जनाएको छ ।  

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन् ।

ग्लोबल आइएमई बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको