विश्वकै अग्रणी निर्माण तथा अर्थमूभिङ मेसिनरी निर्माता जेसीबीले आज नेपालमा पनि नं. १ निर्माण उपकरण ब्रान्डको रूपमा पहिचान स्थापित गरिरहेको छ। शक्ति, प्रदर्शन र विश्वसनीयताका नयाँ मापदण्डहरू कायम गर्दै जेसीबीले नेपालको तीव्र गतिमा अघि बढिरहेको पूर्वाधार विकासलाई वर्षौँदेखि योगदान पुर्याइरहेको छ। दुर्गम पहाडी भूभागदेखि तराईको समथर मैदानसम्म जेसीबीका विश्वस्तरीय मेसिनहरूले देशको विकास यात्रालाई गति दिइरहेका छन्। त्यसमा जेसीबी ब्याकहो लोडर, एक्जाभेटर, कम्प्याक्टर, रोलर, टेलिह्याण्डलर लगायतका आधुनिक उपकरणहरू समावेश छन्।
शक्ती, नवीनता र कुशल प्राविधिक क्षमताका कारण जेसीबी आज ठेकेदार, निर्माण व्यवसायी र सरकारी परियोजनाहरूको पहिलो रोजाइको ब्रान्ड बनेको छ। नेपालको कठोर भूभाग र चुनौतीपूर्ण निर्माण आवश्यकताहरूलाई ध्यानमा राखेर निर्माण गरिएका यी मेसिनहरूले प्रत्येक परियोजनामा उच्च उत्पादनशीलता र दीर्घायु सुनिश्चित गर्छन्। चाहे राजमार्ग निर्माण होस्, जलविद्युत् परियोजना होस् वा आवासीय संरचनाको विकास, जेसीबी निरन्तर रूपमा नेपालको पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।
जेसीबीको सफलताको बलियो आधार यसको देशभर फैलिएको सर्भिस नेटवर्क हो। २९ भन्दा बढी आउटलेट, १२ शाखा, १५ अधिकृत रिटेल आउटलेट र २ रिसेलरको साथ, जेसीबीले ग्राहकहरूलाई देशका जुनसुकै स्थानमा पनि छिटो र सहज पहुँच उपलब्ध गराउँछ। यो फराकिलो उपस्थितिका कारण विशेषज्ञ सेवा, स्पेयर पार्ट्स र प्रोफेशनल सहायता पाउनु अब सरल र पहुँचयोग्य बनेको छ।
उत्कृष्ट सेवा सुनिश्चित गर्न जेसीबीसँग २०० भन्दा बढी तालिमप्राप्त इन्जिनियरहरूको टोली छ, जो सदैव ग्राहक सहयोगका लागि तत्पर रहन्छन्। साथै, जेसीबीले डेडीकेटेड हटलाइन सर्भिस र लाइभलिंक नामक अत्याधुनिक टेक्नोलोजी उपलब्ध गराएको छ, जसमार्फत ग्राहकले आफ्नो मेसिनलाई रियल-टाइममा ट्र्याक गर्न सक्छन्। लाइभलिंक मार्फत, प्रयोगकर्ताहरूले मेसिनको अवस्था, प्रदर्शन र स्थान ट्र्याक गर्न सक्छन्, जसले समयमै मर्मत सम्भार गर्न सहयोग गर्छ र मेसिनलाई अधिकतम समयमा सञ्चालन गर्न सकिन्छ।
नेपालले आधुनिक पूर्वाधार निर्माण र विस्तारको दिशा लिँदै गर्दा जेसीबी शक्ति, नवीनता र उत्कृष्टताको पहिचान बनेर देश विकासको भरपर्दो सहयात्रीको रूपमा उभिएको छ। अत्याधुनिक प्रविधि, देशव्यापी सेवा सञ्जाल र ग्राहकप्रतिको समर्पित प्रतिबद्धतासहित जेसीबी निरन्तर रूपमा नेपालको निर्माण क्षेत्रलाई आकार दिइरहेको छ।
विश्वासिलो, प्रमाणित र टिकाउ जेसीबी नेपालको नं. १ निर्माण उपकरण ब्रान्ड हो, जसले राष्ट्रका निर्माता र विकासकर्ताहरूलाई सशक्त बनाउँदै देशको समग्र विकास यात्रालाई गति दिइरहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस