Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन्- अब आँखा खोलौं

अर्थ संसार

शनिबार, २९ बैशाख २०८१, १५ : १३ मा प्रकाशित

रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन्- अब आँखा खोलौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले अहिलेको सत्ता संगतले आफ्नो विचार र स्वत्व गुमाउनुपर्ने टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जालमा टिप्पणी गर्दै कार्कीले ‘अनेक गरिन्छ तर सत्ता जोगाइन्छ’ वालाको संगतले पुर्‍याउने सत्तासम्मन् मात्रै भएको कार्कीले उल्लेख गरेका हुन् ।

रास्वपामा सभापति एवं गृहमन्त्री लामिछानेको एक्लो आलोचकका रूपमा चिनिने कार्कीले आँखा खोल्न आग्रह गरेका छन् । 

उनले भनेका छन्- 

'अनेक गरिन्छ तर सत्ता जोगाइन्छ' वालाको संगतले पुर्याउने सत्तासम्मन् हो, तर त्यसको मूल्यमा आफ्नो सम्भावना र अरूले आफुप्रति गरेको आशा गुमाउनु पर्छ । 'म हुन्न भने यो कुर्सी नै भाचिदिन्छु' वालाको संगतले पुर्याउने ओठेजवाफसम्मन् हो, तर त्यसको मूल्यमा आफ्नो विचार र स्वत्व गुमाउनु पर्छ ।

अघिल्लो स्टाटस लेखेको थिएँ - 'हिजो संसदको रोष्ट्रम घेर्ने क्रममा सांसद टेकबहादुर गुरूङ र ज्ञानेन्द्र बहादुर कार्कीसमेत मिसिएर अहिले सदाचार, पारदर्शीता र कानूनीराज सिकाउँदैछन् । यो दृष्य दुखद मात्र होइन, आँखा खोल्नु पर्ने किसिमको पनि छ । आँखा खोलौँ ।' पटक पटक लेख्छु, आँखा खोलौँ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको