Like us!
Follow us!
Connect us!
Watch us!

अध्यादेशबारे सांसद गणेश कार्कीको टिप्पणी: ‘यो बाध्यता हो कि अरू केही, पछि खुल्छ’

अर्थ संसार

बुधबार, १६ बैशाख २०८३, ०८ : २४ मा प्रकाशित

अध्यादेशबारे सांसद गणेश कार्कीको टिप्पणी: ‘यो बाध्यता हो कि अरू केही, पछि खुल्छ’

सरकारद्वारा ल्याइएको अध्यादेशप्रति सांसद गणेश कार्की ले सार्वजनिक रूपमा धारणा व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै उनले अध्यादेश ल्याउने प्रक्रियामाथि प्रश्न उठाएका छन्।

कार्कीले अध्यादेशबारे आफ्नो धारणा माग गर्दै सन्देश र उल्लेख गर्नेप्रति धन्यवाद व्यक्त गर्दै विधि, जवाफदेहिता र सार्वजनिक प्रश्न लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पक्ष भएको बताएका छन्।

उनले झन्डै दुईतिहाइ बहुमत प्राप्त सरकारका लागि संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने प्रश्न उठाएका छन्। कार्कीले यो कदमलाई “बहादुरी” नभई बाध्यता वा अन्य कुनै कारणको परिणाम हुन सक्ने संकेत गरेका छन्।

उनका अनुसार अध्यादेश ल्याउने अधिकार संविधानले दिएको भए पनि त्यसको प्रयोग केवल संवैधानिक अक्षरमा सीमित नभई संविधानको मूल भावना र मर्मअनुसार हुनुपर्ने उल्लेख गरेका छन्।

सांसद कार्कीले संविधान केवल लिखित प्रावधानमा सीमित दस्तावेज नभई यसको जीवन्तता मर्म र अभ्यासमा निर्भर रहने बताएका छन्। उनले संविधानका अक्षरले मर्मलाई सीमित गर्न नहुने धारणा व्यक्त गरेका छन्।

विपक्षी दल सरकारमा हुँदा अध्यादेश ल्याइएको समयमा आफूले उठाएका प्रश्न अहिले पनि उत्तिकै सान्दर्भिक रहेको कार्कीको भनाइ छ। उनले सत्ता परिवर्तनसँगै आफ्नो दृष्टिकोण नफेरिएको सन्देश दिन खोजेका देखिन्छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको