Like us!
Follow us!
Connect us!
Watch us!

वैवाहिक बलात्कारको आरोप लागेका गायक रवि ओडले गरे आत्मसमर्पण

अर्थ संसार

आइतबार, ३० बैशाख २०८१, १० : ३४ मा प्रकाशित

वैवाहिक बलात्कारको आरोप लागेका गायक रवि ओडले गरे आत्मसमर्पण

गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका उनी बिहीबारआफैँ इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरमा पुगेका हुन् ।  उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी प्रहरीमा दिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । ओडकी श्रीमतीले चैत २० मा कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् ।

उनी अहिले कञ्चनपुर प्रहरीको नियन्त्रणमा छन् । प्रहरीले पाँच दिन म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको