Like us!
Follow us!
Connect us!
Watch us!

तोलामा ५ सयले बढ्यो सुनको मूल्य

अर्थ संसार

आइतबार, ३० बैशाख २०८१, ११ : ०९ मा प्रकाशित

तोलामा ५ सयले बढ्यो सुनको मूल्य

साताको पहिलो कारोबारका दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  शुक्रबार २३ सय रुपैयाँले बढेको सुनको मूल्य आइतबार फेरी ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन १ लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ७३५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको