Like us!
Follow us!
Connect us!
Watch us!

संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छः कांग्रेस

अर्थ संसार

आइतबार, ३० बैशाख २०८१, ११ : १६ मा प्रकाशित

संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छः कांग्रेस

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक भएको बताएको छ।  

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका नेताहरुबीचको बैठकमा प्रधानमन्त्री सहकारी प्रकरणको अनुसन्धान समिति बनाएर गर्न सकारात्मक भएका हुन्। छलफलपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरूले आफ्नो पूर्ववत अडान राखेको र प्रधानमन्त्री त्यसमा सकारात्मक भएको बताए । 

‘हामीले हाम्रो अडान राख्यौँ, प्रधानमन्त्री त्यसमा सकारात्मक देखिनुभएको छ’, लेखकले भने ।  संसद् खुलाउने नखुलाउने भन्ने सरकार र सत्तापक्षमा भरपर्ने कांग्रेस नेताहरूको भनाइ छ । 

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन नगरे संसदको अवरोध जारी राख्ने जनाएको छ । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई  सकारात्मक रहेको

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी रहेका थिए ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको