Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

अर्थ संसार

आइतबार, ३० बैशाख २०८१, १५ : ५६ मा प्रकाशित

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय सेवा, समर्पण र योगदानका लागि सम्मान गरेको छ ।

बैंकले १५ वर्षसम्म अनवरत रूपमा सेवा गरेका विकास रानाभाट, प्रमिला केसी, जमुना रिसाल, अनिता राई र होमकुमारी बस्नेतलाई सम्मान गरेको हो।

बैंकको उद्देश्य प्राप्तिका लागि स्थापित मूल्य मान्यताहरूको जडमा बैंकको परिवर्तनको ज्योति फैलाउने संकल्पमा अनवरत रूपमा सहयात्रा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको बैंकले जनाएको छ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले कर्मचारीहरूलाई सम्मानित गर्नुका साथै कर्मचारीहरूको जीवन बिमा परिपक्वताको रकम पनि हस्तान्तरण गरे।

ढकालले कर्मचारीहरूले वर्षौँदेखि बैंकमा गरेको समर्पणप्रति आभार व्यक्त गर्दै १५ वर्षको गौरवपूर्ण सहयात्रालाई सफल र सबल बनाउने कर्मचारीहरूप्रति कृतज्ञता ज्ञापन गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको