नेपाल सरकारले ५ अर्ब रुपैयाँको नागरिक बचतपत्र विक्री खुल्ला गरको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले एक सूचना प्रकाशित गर्दै आजदेखि ५ वर्षे अवधिको नागरीक बचतपत्र २०८६ बिक्री खुल्ला गरेको जनाएको हो ।
जेठ ३० गते सम्मका लागि विक्री खुल्ला गरेको उक्त नागरिक बततपत्र बिक्री सम्पन्न भएपछि असर ४ गते निष्काशन हुनेछ ।
नेपाल सरकारले नागरिकबाट आन्तरिक ऋण उठाउने उद्देश्यले जारी गर्ने सरकारी ऋणपत्रलाई नागरिक बचतपत्र भन्ने गरिएको छ ।
यो बचतपत्र नेपाली नागरिक र गैरआवसीय नेपाली नागरिकले खरिद गर्न सक्ने कार्यलयले जनाएको छ । यस बचतपत्र वार्षिक ८ प्रतिशत ब्याज प्राप्त हुने छ भने ब्याज आम्दानीमा कर लाग्ने छ। ब्याज भुक्तानी हरेक ६/६ महिनामा हुने छ । यस बचतपत्रमा घटीमा दश हजार रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निशेष भाग जाने अंकमा आवेदन दिनु पर्ने छ।
यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिन दिन सकिने र जुनसुकै समयमा दोस्रो बजार मार्फत खरिद विक्री गर्न सकिने छ । ईच्छुक खरिद कर्ताले कार्यलयको वेवसाईटमा गई अनलाईन मार्फत नै खरिद आवेदन पेश गर्न सक्ने कार्यलयले जनाएको छ । आवेदनमा पेश गर्नुपर्ने कागजातहरु नगरिकताको फोटोकपी, आवेदन बराबरको रकम आफ्नौ बैंक खाताबाट झिक्त स्वीकृति दिएको अख्तियारी पत्र, नाबालकको नाममा बचतपत्र खरिद गर्ने भए संरक्षकको नागरिकताको प्रमाणपत्र र नाबालकको जन्म दर्ता प्रमाणपत्रको फोटोकपी रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस