Like us!
Follow us!
Connect us!
Watch us!

पाँच किलो सुनसहित विमानस्थलबाट दुई जना भारतीय पक्राउ

अर्थ संसार

सोमबार, ३१ बैशाख २०८१, १२ : ११ मा प्रकाशित

पाँच किलो सुनसहित विमानस्थलबाट दुई जना भारतीय पक्राउ

करिब पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका छन् ।

विमानस्थल भन्सारबाट पास भएर वेलकम गेट (स्वागतद्वार) नजिक आइसकेका उनीहरुलाई विमानस्थल प्रहरीले सोमबार बेलुका नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरुले लुगामा सुन लेपन गरेर ल्याएका थिए । लगाएको टी–सर्ट, पेन्टी र जिन्स पाइन्टमा लेपन गरिएको अवस्थामा सुन बरामद भएको थियो ।

सुरेश कुमारबाट बरामद सुन कपडासहित २ किलो ६०० ग्राम र मोहन कुमारबाट बरामद भएको सुन कपडासहित २ किलो ५०० ग्राम रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । कपडाबाट सुन निकालेर जोखेपछि सुनको वास्तविक परिणाम आउने छ ।

उनीहरुलाई विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाउने तयारी गरिएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको