Like us!
Follow us!
Connect us!
Watch us!

संसदीय छानबिन समिति नबने नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने कांग्रेसको निष्कर्ष

अर्थ संसार

सोमबार, ३१ बैशाख २०८१, १२ : ३४ मा प्रकाशित

संसदीय छानबिन समिति नबने नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने कांग्रेसको निष्कर्ष

नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा अवरोध कायमै राख्ने बताएको छ।  सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत समेत गर्न नदिने निष्कर्ष निकालेको हो । 

छानबिन समिति नबने राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संघीय संसद्को संयुक्त बैठक पनि अवरोध गर्ने उसले निर्णय लिएको छ । 

‘सामान्य संसदीय प्रक्रिया त अवरुद्ध नहोस् भन्ने पार्टीले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा रोक्न चाहेको वा रोक्न चाहन्छौँ भन्ने त थिएन नि’, बैठकपछि महतले भने, ‘तर जसरी सरकार प्रस्तुत भइरहेको छ । लाग्छ, सरकार नै रोक्न चाहिरहेको छ । त्यसैले हाम्रो त कुरै होइन, सरकार नै रोक्न चाहिरहेको छ ।’

नीति तथा कार्यक्रम वा अरू जे भए पनि पार्टीले संसद् अगाडि बढ्न नदिने उनको भनाइ छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ । 

त्यसका लागि दिउँसो ३ बजे बैठक बोलाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको