Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमाअन्तर्गतको १० लाख रकम हस्तान्तरण

अर्थ संसार

सोमबार, ३१ बैशाख २०८१, १७ : ३२ मा प्रकाशित

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमाअन्तर्गतको १० लाख रकम हस्तान्तरण

माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलब खाताको व्यवस्था अनुसार दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई बिमाअन्तर्गतको १० लाख रुपैयाँ रकम भुक्तानी गरेको छ । 

बैंकको आर्दशनगर वीरगञ्ज स्थित शाखामा खाता रहेका ग्राहक लालबाबु प्रसाद यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु पश्चात उनकी श्रीमती शोभा यादवले दाबी गरे अनुसार वैशाख ३० गते उक्त बिमा रकम हस्तान्तरण गरिएको हो । बैंकका चिफ बिजनेश अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दु शेखर देवकोटा, आदर्शनगर शाखाका शाखा प्रमुख शुसिल थपलियाले उक्त मृत्यु दावी चेक मृतक यादवकी श्रीमती शोभा यादवलाई हस्तान्तरण गरेका थिए । 

बैंकल न्यू स्मार्ट तलब खाताअन्तर्गत १० लाखको दुर्घटना बिमा, ३ लाखसम्म विभिन्न जटिल रोगको उपचार बिमा, १ लाख सम्म अस्पताल भर्ना एवम् औषधि उपचार बिमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको