Like us!
Follow us!
Connect us!
Watch us!

तनहुँको धार्मिक स्थल आँधीमुलमा सयौं माछा मृत फेला

अर्थ संसार

मंगलबार, ०१ जेठ २०८१, १९ : २० मा प्रकाशित

तनहुँको धार्मिक स्थल आँधीमुलमा सयौं माछा मृत फेला

तनहुँको धार्मिक स्थल आँधीमुलमा रहेका लगभग सबै माछा मृत फेला परेका छन् ।

धार्मिक महत्वको आँधीमुलका माछा के कारणले मरे भन्ने खुलेको भने छैन । मृत माछाको परीक्षणका लागि प्रयोगशालामा लगिएको र रिपोर्ट आउन ४८ घन्टा लाग्ने बताइएको छ । ठूलो एकादशीमा विशेष मेला लाग्ने आँधीमुलका माछालाई स्थानीयले आँधी बाराही माईको चेलीका रुपमा लिने गर्दछन् ।

आँधीमूलको पोखरीमा मरेको माछालाई पूजारी आफैले बाहिर निकाली माछाको चिहान डाँडामा लगेर खाल्डो खनेर धूपबत्ती बालेर अन्त्येष्टि गरिँदै आएको स्थानीयको भनाई छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको