Like us!
Follow us!
Connect us!
Watch us!

बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावलीको मस्यौदा तयार, राष्ट्र बैंकले माग्यो सुझाब

अर्थ संसार

बुधबार, ०२ जेठ २०८१, १२ : १३ मा प्रकाशित

बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावलीको मस्यौदा तयार, राष्ट्र बैंकले माग्यो सुझाब

नेपाल राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१’ को मस्यौदा तयार गरेर सार्वजनिक गरेको छ।

मस्यौदामा बैंक खाता रोक्का गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुने बताइएको छ ।

‘खाता रोक्का गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुनेछ र विभागका कार्यकारी निर्देशकले तोकेको अधिकारप्राप्त अधिकृत स्तरका कर्मचारीले सो सम्बन्धी निर्देशन दिन सक्नेछ’ विनियमावलीमा भनिएको छ ।

यसैगरी कानुनी व्यक्ति भएमा खाता रोक्का गर्नुको स्पष्ट कारण र फर्म, कम्पनी तथा संस्थाको खाता रोक्का गर्नुपर्दा खातावालाको आधिकारिक नाम, ठेगाना, दर्ता नम्बर र स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गर्न लागेको छ।

बैंक खाता रोक्का वा फुकुवाको लागि सम्बन्धित अधिकारप्राप्त अधिकारीले राष्ट्र बैंकमा पत्र पठाउँदा यथाशीघ्र प्राप्त हुने गरी तोकिएको ठेगानामा पठाउनु पर्नेछ। यस्तो पत्र इमेलमार्फतसमेत पठाउन सकिनेछ।

664456421156a.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको